• २०८३ जेष्ठ २ गते शनिवार

बाँके प्रहरीले बाघको छालासहित ४ जना पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

चैत ९, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बाघको छाला र हड्डीसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का ५० वर्षीय गंग बहादुर खत्री, सोही ठाउँका २० वर्षीय प्रकाश खत्री, दैलेख भगवतीमाई गाउँपालिका वडा नम्बर ४ का ३९ बर्षीय चन्द्र अधिकारी र जुम्ला तिला गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षीय जयलाल नेपाली रहेका छन् ।

No description available.

उनीहरुलाई सोमबार साँझ ६ बजे बैजनाथ गाउँपलिका वडा नम्बर १ च्यामा स्थित सुर्खेत-कोहलपुर सडकखण्डबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

पक्राउ परेकाको साथबाट पाटेबाघको छाला १ थान र हड्डी २ किलो ५०० ग्राम बरामद गरि थप अनुसन्धानका लागि बाँके राष्ट्रिय निकुन्जको कार्यालयमा पठाउने तयार भईरहेको बाँके प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस