• २०८३ मङ्सिर ३ गते बुधवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, काठमाडौँ। देशमा मौसम बदली कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण देशका केही भागको मौसममा बदली आएको र आज शुक्रबारदेखि आइतबारसम्म देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

आज शुक्रबार देशभर आंशिकदेखि समान्य बदली हुनेछ भने थोरै पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ । शनिबार दिउँसो अपराह्न हावा हुरी र चट्याङसहित र राति चट्याङ र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार पनि मौसम बदली कायमै रहनेछ । आइतबार दिउँसो पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने छ भने राति पनि प्रदेश १ का पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ । पहाडी क्षेत्रमा हावा हुरी, मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस