• २०८३ असार ६ गते शनिवार

यातायात व्यवस्था कार्यालय जनकपुरबाट एक जना बिचौलिया पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३२, धनुषा । धनुषाप्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट बिचौलियाको कामगर्दै आएका एक जना युवकलाई पक्राउ गरेको छ । बिहिबार दिउँसो जनकपुरधाम उप महानगरपालिका वडा नं. १४ स्थित रहेको यातायात कार्यालयमा बिचौलियाको काम गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त कार्यालय पुगेका प्रहरीको टोलीले बर्ष २६ का सुवास कुमार राउतलाई नियन्त्रणमा लिएको हो ।


पक्राउ परेका राउतमाथि थप अनुसन्धान भईरहेको जिल्लाप्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस