• २०८३ बैशाख २५ गते शुक्रवार

ब्ल्याकमेलिङ गरी फसाई रकम असुल्ने महिला गिरोह पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत ५, काठमाडौं । गोप्य भिडीयो बनाई पुरुषहरुलाई ब्ल्याकमेलिङ गरी पटक-पटक आइएमई मार्फत लाखौं रकम लिने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सुर्खेत, विरेन्द्रनगर न.पा. वडा नं.१० घर भई हाल घट्टेकुलो बस्ने ३७ वर्षिया लालसरी शाही (ललितां) र कपन बस्ने ३७ वर्षिया कल्पना हमाललाई पक्राउ गरेको हो ।

उनिहरुले काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वर बस्ने एक पुरुष ब्यक्तीलाई ललिता भन्ने लालसरी शाही नाम बताउने महिलाले सुन्धारा स्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठामासंगै बसी संगै बसेको भिडियो गोप्यरूपमा साथिलाई रेकर्ड गर्न लगाई सोही भिडियो म्यासेन्जर मार्फत पिडितलाई पठाएर ब्ल्याकमेलिङ गरी पटक पटक आइएमई मार्फत लाखौं रकम लिने कार्यमा संलग्न व्यक्तिहरूलाई अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले काठमाण्डौबाट बुधबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लालसरी शाहीले संस्थागत कामको शिलसिलामा विगत १ वर्ष देखि चिनजानमा रहेको काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने ५२ वर्षको एक पुरूष ब्यक्तिलाई आफू सुन्धारा स्थित होटलमा बसेको समयमा सबै पैसा हराएको कारणले समस्यामा परेको हुँदा सहयोग गरिदिनको लागि अनुरोध गरे पश्चातः सो अनुरोध बमोजिम के भएको रहेछ भनि भेट्न जाँदा होटलको कोठामा नै बोलाई कोठामा जानासाथ उक्त पुरूषको नजिक गई हात समाउने लगायतको काम गरेको समयमा महिलाको साथीले भिडियो खिचेको, त्यसपछि भनेजति पैसा नदिए घरपरिवार साथै प्रहरीमा समेत उजुरी गरी फसाई दिने भन्दै रकम माग गर्न थालेको र पटक-पटक गरी रू.३ लाख २ हजार ५ सय लगि सकेको थिए । । उनिहरुले थप रू.८ लाख माग गरेकोले आफू ब्ल्याकमेलिङमा परेको थाहाँ पाए पश्चातः उक्त पुरुषले अपराध महाशाखामा उजुरी दिन आएका थिए ।

प्रहरीका अनुसार लालसरी शाही २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजायको फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत, बाँकेको फैसलाले एकलाख धरौटीमा छुटेकी थिइन ।

यस्तै लालसरी शाही र कल्पना हमालले सुर्खेत, विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनको विरुद्धमा जवरजस्ती करणी मुद्दामा जाहेरी दिएकोमा उक्त जाहेरी झुठ्ठा ठहरिएकोले लालसरी साही ३ वर्ष ६ महिना जेल सजायको फैसला भएको थियो । उनिहरुलाई प्रारम्भिक अनुसन्धान पश्चातः थप अनुसन्धानको लागि परिसर, काठमाण्डौ पठाईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस