• २०८३ जेष्ठ १७ गते आइतवार

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकले माओवादी केन्द्रलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको हो ।

एमाले संसदीय दलको नेता यामलाल कँडेलका अनुसार बिहीबारबाट लागू हुने गरी नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । कँडेलका अनुसार सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको छ। सभामुख बाहेक एमाले संसदीय दलमा १९ जना प्रदेशसभा सदस्य छन् । जस मध्य बुधबारको बैठकमा १० जना सहभागि भएका थिए । संसदीय दलको बैठकमा सांसदहरू यामलाल कँडेल, गुलावजंग शाह, पदमबहादुर रोकाया, खड्क खत्री, दानसिंह परियार, पल्मीक्वारी बोहोरा, राजु नेपाली, मिनासिंह रखाल, कौशिलावती खत्री र पद्ममा खड्का थिए।

Sharing

प्रतिक्रिया दिनुहोस