• २०८३ जेष्ठ ९ गते शनिवार

कटुवा पेस्तोल सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, रुपन्देही । मर्चवारी गाउँपालिका-७ कन्चनापुरबाट १ थान कटुवा पेस्तोल सहित सम्मरीमाई गाउँपालिका-७ बेतकुइया बस्ने २४ वर्षीय सुरज हरिजन समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । यूपी ५५ एन ४९४८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पाण्डेपिप्रहवा र सशस्त्र प्रहरी बलसमेतको संयुक्त टोलीले जाँच गर्दा उक्त पेस्तोल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

नुवाकोट, ककनी गाउँपालिका-२ सानो चित्रेस्थित बारीबाट बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त बारीमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रानिपौवाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस