• २०८३ भाद्र १ गते सोमवार

घुस रकम सहित कार्यालय प्रमुख पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १४, डोल्पा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँ घुस लिइसकेको अवस्थामा उक्त घुस सहित उनकै कार्यकक्षबाट पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले उनलाई रु. २५,०००।– घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस