• २०८३ बैशाख १० गते बिहिवार

सत्ता साझेदारी प्रयासः एमाले र जसपाले बनाए वार्ता टोली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २५, काठमाडौं । सत्ता साझेदारी प्रयासका लागि सत्तारुढ नेकपा एमालेले पहल सुरु गरेसगैं उपमहासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङ रहेको दुई सदस्यीय वार्ता टोली बनाएको छ । प्रतिनिधि सभामा बहुमतका लागि १७ सिट अपुग रहेको संसदको सबैभन्दा ठूलो दल एमालेले अन्य दलसँग वार्ता प्रयास सुरु गर्न बार्ता टोली बनाएको हो ।

एमालेले वार्ता टोली बनाएरलगत्तै जनता समाजवादी पार्टीले नयाँ सरकार गठनलगायतका विषयमा सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न दुई सदस्यीय समिति गठन गरेको छ । वार्ता टोलीमा नेताहरु लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहनु भएको छ । संसदमा एमालेको १२१ र जसपाको ३४ सिट छ । प्रतिनिधि सभामा बहुमतका लागि १३८ सिट आवश्यक पर्दछ ।

Sharing

प्रतिक्रिया दिनुहोस