फागुन २०, कैलाली । १७a वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोडाघोडी नगरपालिका-१ सुखड बस्ने १९ वर्षीय प्रलब बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रलबले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।