• २०८३ जेष्ठ १६ गते शनिवार

भारतका २२ राज्यमा कोरोना संक्रमण बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, एजेन्सी। भारतको २२ राज्यका १४० जिल्लामा कोरोनाको ग्राफ उकालो लागिरहेको छ । १० दिनअघिसम्म यस्ता १२२ जिल्ला मात्र थिए । सबैभन्दा बढी असर महाराष्ट्रमा देखिएको छ जहाँ सबै ३६ जिल्ला प्रभावित बनेका छन् ।

यसका अलावा केरलका ९, तमिलनाडुका ७, पञ्जाब र गुजराजका ६–६ जिल्ला रहेका छन् । यी जिल्लाहरुमा पछिल्लो दुई महिनाको तुलनामा हर दिन कोरोना संक्रमितको संख्यामा तीव्र बृद्धि भइरहेको छ । भारतमा हाल १.६५ लाख सक्रिय संक्रमित रहेका छन् । दुई दिनअघि भारत १५ औँ स्थानमा रहेको थियो । १० दिनअघि भारत सक्रिय संक्रमितको मामिलामा शीर्ष १५ देशको सूचीबाट बाहिरिइसकेको थियो ।

हर दिन धेरै संक्रमित भेटिने देशको सूचीमा भारत अब ४–५ नम्बरमा आइपुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ५६३ जना नयाँ संक्रमित फेला परेका छन् । यसक्रममा ११ हजार ९९० जना संक्रमित निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ । हालसम्म भारतमा १.११ करोड बढी संक्रमित भइसकेका छन् । यसमध्ये १.०७ करोड निको भएका छन् । १.५७ लाख जनाले ज्यान गुमाइसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस