• २०८३ असार ६ गते शनिवार

काङ्ग्रेसका उपसभापतिको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २, नवलपरासी । कोरोनाबाट संक्रमित भएका नवलपरासी सुस्ता पश्चिमका काङ्ग्रेसका जिल्ला उपसभापतिको निधन भएको छ । ३९ बर्षिय शुभाषचन्द्र गिरिको कोरोनाको कारण निधन भएको हो ।

केही समय अगाडी पित्तथैलीमा भएको पथरीको शल्यक्रिया गरेका उनलाई हप्तादिन अगाडीमात्रै कोरोना पोजेटिभ देखिएको थियो । उपचारको क्रममा पाटनमा रहेका उनी बिशेष उपचार कक्षमा उपचाररत रहेका र गत राती २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस