• २०८३ जेष्ठ १ गते शुक्रवार

गजल “चिरेर अँधेरिलाई अनि लौ पोखिन्छ धरामा”

हिम लाल श्रेष्ठ पढ्न लाग्ने समय : १ मिनेट

उषाका ती किरणहरु जब छरिन्छ धरामा
चिरेर अँधेरिलाई अनि लौ पोखिन्छ धरामा

रातभरी हराइदिने उनै प्रिया उषा देवी फेरि
ब्रह्ममुहुर्त सँगै शक्ति बनी बदलिन्छ धरामा

पाएपछि त्यो न्यानो उषाका तापहरु भलै
हर पक्षी र प्राणीहरु खुशी भेटिन्छ धरामा

गरेर आश भरोसा उनैको दया र मायाको
अनेकन पौष्टिक फसलहरु रोपिन्छ धरामा

सोमको शितलता अनि रविको उष्णताले
गरि पराग सेचन पालुवा जन्मिन्छ धरामा

काठमाडौं (हाल अफ्रिका)

Sharing

प्रतिक्रिया दिनुहोस