• २०८३ मङ्सिर १० गते बुधवार

विकासका लागि अवरोध भएका ऐन, कानुन वा  नियमावलीहरु संशोधन गरिने 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, काठमाडौं । बन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले प्रदूषण  न्युनिकरण गर्न सबैसँग मिलेर काम गर्न सरकारतयार गरेको बताएका छन् ।

आइतबार एक कार्यक्रमाबिच बोल्दै उनले काठमाडौं उपत्यका वातावरण हिसाबले प्रदूषणबाट  प्रभावित  भएको भन्दै प्रदूषणले गर्दा मानव स्वास्थ्यदेखि विभिन्न किसिमका समस्या  भोग्नु परेको बताए । वर्तमान सरकार विकासलाई जनमैत्री बनाउन प्रतिवद्ध रहेको बताउँदै मन्त्री शाहीले केही समस्याहरु भौतिक मन्त्रालयको सहकार्यमा सहजीकरण गर्दै आएको बताए ।  विकासका काममा भएका अवरोधहरु हटाइ काम थप सुदृढ बनाउन ऐन, कानुन वा  नियमावलीहरुको संशोधन प्रक्रिया धेरै अघि बढाइएको बताए  ।  ‘काठमाडौं उपत्यका वातावरण हिसाबले अत्यन्तै प्रदूषणबाट प्रभावित छ । विशेषगरी मानव स्वस्थ्यदेखि विभिन्न  समस्या भोग्नु परेको छ ।

 यसको न्यूनीकरण गर्न वन तथा वातावरण मन्त्रालय र नेपाल सरकार मिलेर काम गरिरहेको छौँ । भौतिकमन्त्रालयको सहकार्यमा केही समस्याहरु सहज बनाउँदै लगिएको छ । ऐन, कानुन र नियमावलीमा संशोधन प्रक्रिया अघि बढाइएको छ,’ उनले भने ।

Sharing

प्रतिक्रिया दिनुहोस