• २०८३ बैशाख १७ गते बिहिवार

एमाले रामेछाप निस्कियो जिल्ला व्यापी टुरमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, रामेछाप । नेकपा एमाले रामेछाप जिल्ला कमिटी लगाएत उसका भातृ संगठनका नेता तथा कार्यकर्ता जिल्ला व्यापी राजनीतिक टुरमा निस्किएका छ्न। आसन्न स्थानीय निर्वाचन केन्द्रित भेला तथा अभिमुखिकरण कार्यक्रम लिएर एमाले रामेछाप जिल्ला दौडाहामा निस्किएको बुझिएको छ।

No description available.

केन्द्रिय नेता कमल चौलागाईं, कैलाश ढुङ्गेल, प्रदेश कमिटी सदस्य रत्न गौतम, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, सचीव पुरुषोत्तम कडरिया लगायत सिङ्गो एमाले टिम अहिले जनताको घरदैलोमा जनतासँगै रहेको बुझिएको छ।

गत स्थानीय निर्वाचनमा प्राप्त सफलता जोगाउदै आसन्न निर्वाचनमा थप सफलता प्राप्त गर्ने लक्ष्यका साथ एमाले रामेछापका नेताकार्यकर्ता हरेक वडा हरेक पालिकामा निस्किएका बुझिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस