• २०८३ जेष्ठ २० गते बुधवार

मैले अदालतको मानहानी हुने अभिव्यक्ति दिएको छैन प्रचण्ड (पत्र सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अदालतको मान हानि हुने कुनै अभिव्यक्ति नदिएको लिखित जवाफ सर्वोच्च अदालतमा पेश गरेका छन् । अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भनेपछि प्रचण्डले आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका हुन् ।

उनले आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम मात्र गरेको बताएका छन्। आफ्नो उक्त कार्यबाट अदालतको अवहेलना हुनै नसक्ने उनले उल्लेख गरेका छन्।

हेर्नुहोस पत्र

 

Sharing

प्रतिक्रिया दिनुहोस