असोज २८, काठमाडौँ । फिफा विश्वकप छनोट अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले सानदार जित हासिल गरेको छ । गए राति भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई २–१ गोलले पराजित गरेको हो । विश्वकप छनोटमा अर्जेन्टिनाको यो दोस्रो जित हो । उक्त खेलको २४औं मिनेटमा बोलिभियाका मार्सेलो मार्टिन्स मोरेनोले गोल गरि टिमलाई अग्रता दिलाए ।

त्यसपछि खेलको ४५औं मिनेटमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि खेलको ७९औं मिनेटमा अर्जेन्टिनाकै जाओक्वीन कोरेर्राले गोल गरी टिमलाई जित दिलाए । जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ ।