• २०८३ जेष्ठ १९ गते मङ्गलवार

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १९, काठमाडौं । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष जनाएकी छन्। ‘नेपालले पनि भारतको जग्गा अतिक्रमण गरेको रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्ट रहँदै आएकी सांसद तामाङले यो विषयमा प्रधानमन्त्री शाहले संसदमा आएर जवाफ दिनुपर्ने तर्क गरेकी छन्।

उनको विपक्षीको लगातारको अवरोधका कारण सभामुख डीपी अर्यालसमेत निरीह बन्दै गएको जिकीर गरेकी छन्। ‘हरेक दिन सभामुखको मुख सानो सानो न्याउरो देख्दै हुँदै गएको देख्छु यो राम्रो हो त?’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मलाई मात्र होइन धेरैलाई लाग्छ उहाँले आफूले चाहेर पनि आफ्नो कार्य सभा सञ्चालन गर्न पाउनुभएको छैन।’

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधि सभा सदस्य तामाङले प्रधानमन्त्री शाहलाई संसदमा आएर प्रतिपक्षका सवालको जवाफ दिनुपर्ने बताएकी छन्।

‘कृपया सदनमा आइदिनु भइ प्रतिपक्ष दलका सवालजफाव दिनुहोला र हामी सत्तापक्षको मन राखिदिनुहोला’ उनले भनेकी छन् ।

उनले लेखेकी छिन : विपक्ष सधै सहि हुन्छ नै भन्ने पनि हुँदैन र सधै गलत नै हुन्छन् भन्ने पनि हुँदैन तर जब राष्ट्रियता कुरा आउँछ हामीले यो सत्ता पक्ष र विपक्ष भनेर विभेद गर्नु कदापि हुँदैन, हामी एक जुट हुनु पर्दछ ! आज सम्म तीन दिन भो सदन चलेको छैन, संसद्को काम हाजिर गर्नु र भत्ता पचाउनु मात्र पक्कै होइन होला , अब सदन मा सभामुख ज्यु ले कार्यविधिमा बजेट को बारेमा महत्वपूर्ण छलफल गर्नुपर्ने छ भन्दै हुनुहुन्छ तर सभा सञ्चालन गर्न बिरोध को कारण अवरुद्ध भैरहेको छ ,यसको घाटा कसलाई त?? अवश्य पनि देशलाई हो, जब देश विकासको मेरूदण्ड बजेटमा हामी बहस गर्न असमर्थक छौँ भने देशले कसरी पाउछ निकास र बिकाश ??? मेरो गोरुको बाह्रै टक्का हामी नयाँ भन्नेमा पनि भयो भने,73 जना सहिद जेन्जी भाइबहिनी को आत्माले के सोच्लान्?? हरेक दिन सभामुख को मुख सानो सानो न्याउरो देख्दै हुँदै गएको देख्छु यो राम्रो हो त?? मलाई मात्र होइन धेरै लाई लाग्छ उहाँ ले आफुले चाहेर पनि आफ्नो कार्य सभा सञ्चालन गर्न पाउनुभएको छैन, त्यसैले म प्रधानमन्त्री ज्यु सग के अपिल गर्छु भने तपाई हाम्रो अबिभावक हो हामी सबै तपाई को सन्तान हौं , अब तपाई ले नै हामी लाई बास्ता नगर्ने हो भने हामी टुहुरा हुनेछौं , त्यसैले कृपया सदन मा आइदिनु भैइ प्रतिपक्ष दल का सबालजफाब दिनुहोला र हामी सत्तापक्षको मन राखिदिनुहोला धन्यवाद !!

Sharing

प्रतिक्रिया दिनुहोस