फागुन १३, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजेका लागि पूर्वनिर्धारित बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको बताइएाको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको उक्त बैठक आज बैठक नबस्ने र अबको १-२ दिनमा बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
यसअघि हिजो बुधबार बसेको स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने निर्णय गरेको थियो । पछिल्लो समय मुलुकमा विकसित राजनैतिक घटनाक्रमले पारेको प्रभाव र अबको रणनीति लगायत विषयमा छलफल गर्न बिहीबारका लागि समेत बैठक बोलाइएको तर । तर थप गृहकार्य गर्नुपर्ने भएपछि बैठक स्थगित भएको हो ।
गत पुस ५ मा विघटन गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको निष्कर्ष सहित यही फागुन ११ गते सर्वोच्च अदालतले पुनर्स्थापना गर्न परमादेश जारी गरिसकेको छ ।