• २०८३ जेष्ठ २ गते शनिवार

आजको मौसम : पूर्वमा मनसुन र पश्चिममा स्थानीय वायुको असर

केही क्षेत्रमा वर्षाको सम्भावना
खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । सुरुवातीमा मनसुन पूर्वी नेपालमा केन्द्रित बनेको छ । आइतबार पूर्वी नेपाल भएर प्रवेश गरेको मनसुन देशभर फैलने क्रममा रहे पनि पूर्वी नेपालमा वर्षा भइरहेको छ ।

यसबाहेक मध्य र पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बिहान प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकीका केही स्थान र मधेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेशका थोरै स्थानसँगै कर्णाली र लुम्बिनीका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस