फाल्गुन ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरसका ८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ४८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख ३६ हजार ३०९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।