फागुन १७, मोरङ । विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टकीर एक महिलाले स्यानिटाइजर खाँदा मृत्यु भएको छ। शनिबार राति ६५ वर्षीया अम्बिका अधिकारीले स्यानिटाइजर सेवन गरेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार घरायसी विवादका कारण उनले स्यानिटाइजर सेवन गरेकी हुन । स्यानिटाजर सेवन गरेपछि उनलाई कोसी अस्पतालमा भर्ना गरिएको थियो। सोमबार दिउँसो १ बजे उनको मृत्यु भएको हो ।