• २०८३ बैशाख २० गते आइतवार

अछाममा करेन्ट लागेर एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, अछाम । अछाममा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–३ दर्वाका २५ वर्षीय खेम बुढाको दर्वास्थित काशीगाड खोलामा माछा मार्ने क्रममा विजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

खोलामा सोही ठाउँ बस्ने धिरेन्द्र साहले माछा मार्नको लागि बिछ्याएको विजुलीको तारबाट करेन्ट लागि गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी बगुडामा उपचारको क्रममा मृत्यु भएको हो । धिरेन्द्र साहलाई प्रहरीले पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस