• २०८३ बैशाख २० गते आइतवार

बर्दिया सशस्त्र प्रहरीले लाखौं मूल्यका अवैध सामान पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, बर्दिया । सशस्त्र प्रहरी बर्दियाले जिल्लाका विभिन्न नाकाबाट अवैधरुपमा भित्रिरहेका सामानहरु पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया र मातहतका बिओपीहरुको सक्रियता बढेसंगै सशस्त्रको गस्ती टोलीले अवैध सामानहरु धमाधम पक्रन थालेको छ ।

पछिल्लो १२ घण्टामा जिल्लाका चौगुर्जी¸ फुटाहा¸ कण्ठपुर र कालाबन्जार नाकाहरुबाट अबैधरुपमा चोरी पैठारी भइरहेका साइकलका पार्ट्सहरु, चिनी, डिजल र अन्य किराना सामानहरु बरामद गरिएको छ । एक लाख सत्र हजार विस रुपैयाँ‌ बराबरका ती सामान छोटी भन्सार कार्यालय गुलरियामा बुुझाइएको छ । बिओपी फुटाहा र कण्ठपुरबाट खटिएको सीमा गस्ती पेट्रोल टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको ७७ हजार १ सय मूल्य बराबरका ३ सय ७० केजी ब्रोइलर कुखुरा समेत बरामद गरेको जनाएको छ ।

बरामद कुखुरा नेपाल प्रहरी¸पशु क्वारेन्टाइन प्रतिनिधि¸स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा खाल्डो खनी नष्ट गरिएको छ सशस्त्र प्रहरी बर्दियाले जानकारE0 दिएको छ ।
https://www.youtube.com/watch?v=kiDqoLxp7GM

Sharing

प्रतिक्रिया दिनुहोस