माघ २३, मकवानपुर। जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान पार्टीप्यालेसको पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक यादव सो पार्टीप्यालेसमा सरसफाइको काम गर्दै आएका थिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।