• २०८३ जेष्ठ ८ गते शुक्रवार

चितवनमा प्रचण्ड-माधव समूहलाई लाग्यो झट्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २२, काठमाडौँ । चितवनमा प्रचण्ड-माधव समूहलाई फेरी अर्को झट्का लागेको छ । राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा प्रम केपी शर्मा ओली समूहमा फर्किएपछि प्रचण्ड-माधव समूहलाई झट्का लागेको हो ।

लामा राप्ती नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् । देशभर प्रचण्ड–नेपाल समूहले आमहडताल गरिरहँदा उममेयर लामा भने बिहीबार दिनभर नगर कमिटीको बैठकमा केन्द्रित थिए । लामा नेपाल समूह त्यसमा पनि नेता सुरेन्द्र पाण्डे निकट मानिन्थे ।

राप्ती नगरपालिकाका धेरै वडा अध्यक्षहरु पनि ओली समूहमा फर्किने तयारीमा रहेको स्रोतले बताएको छ । पछिल्लो समय विचार, सिद्धान्त र असल राजनीतिक संस्कारले नेताहरु ओलीसमूहमा फर्किने लहर चलेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस