माघ २१, काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्। जनतामा जाने ओलीको निर्णयलाई समर्थन गरेका यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गरेका हुन।

दोश्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमका सांसद यादवले ुमुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको आफु नेकपामा आवद्ध भएको जनाउदै पार्टीले जुन जिम्मावारी दिन्छ, त्यसमै रहेर काम गर्ने बताए । तत्कालिन एमाले रहेका उनि २०६३ को मधेस आन्दोलनपछि मधेसी जन अधिकार फोरममा आवद्ध भएका हुन्। एमालेमा रहँदा उनी वुद्धिजिवी र प्रवास कमिटीमा थिए।