• २०८३ बैशाख ९ गते बुधवार

चट्याङले तीन गोरु र दुई गाई मरे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, उदयपुर। चट्याङ पर्दा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पाँच गाईगोरु मरेका छन् । शनिबार राति वर्षासँगै परेको चट्याङका कारण लिम्चुङबुङ गाउँपालिका–३ बाराहा निसिन्टारका मदनबहादुर कार्कीको तीन वटा गोरु र दुई वटा गाई मरेका हुन् ।

गोठमा रहेका गाईगोरुमध्ये चट्याङबाट एउटा गोरु मात्र बाँचेको वडाध्यक्ष गुरुमणि कुमाईले बताए । चट्याङबाट कार्कीको दुई लाखको क्षति भएको प्रहरी मुचुल्का तयार पारिएको छ ।

मरेका गाईगोरु खाल्डो खनेर पुरिएको छ । घरभन्दा करिब एक किलोमिटर दूरीमा राखिएको गोठमा चट्याङ परेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस