जेठ ११, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन नियन्त्रणमा लिने कार्यक्रम घोषणा गरेको छ। मूल्यवृद्धि विरुद्ध पछिल्ला दिनमा आन्दोलित संघले विरोध कार्यक्रम अन्तर्गत बिहीबार सरकारी सवारी साधनको आवागमनमा अवरोध गरिने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो ।

अध्यक्ष पौडेलका अनुसार उपत्यकासहित ७७ जिल्ला सदरमुकाममा सरकारी सवारी नियन्त्रणमा लिएर नजिकैको प्रशासनमा बुझाइनेछ।उपत्यकाभित्र काठमाडौंमा अमित लामा र आरसी लामिछाने, लालितपुरमा क्षितिज थेबे र कल्पना वाइबा तथा भक्तपुरमा रमेश आचार्य र समिक बडाललाई समन्वयका तोकिएको छ।
सरकारी सवारी साधन नियन्त्रणमा लियर नजिकैको प्रहरी प्रशासनमा चाबी हस्तान्तरण गर्ने गरी कार्यक्रमको स्वरुप तय गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । पौडेलले कार्यक्रमका बारेमा जानकारी दिदै सामाजिक संजालमा लेख्नु भएको छ : भोलीको बिरोध कार्यक्रम सरकारी सवारी साधनको आवागमनमा अवरोध ! सरकारी सवारी साधन नियन्त्रणमा लियर नजिकैको प्रहरि प्रशासनमा चाबी हस्तान्तरण गर्ने गरी कार्यक्रमको स्वरुप तय गरिएको छ । कुनै किसिमको तोडफोड र आगजनी हुने छैन,उपत्यका बाहिर हरेक जिल्लामा उपयुक्त स्थानमा माथी उल्लेख गरे बमोजिम आन्दोलन अघि बढ्नेछ ।