माघ १९, बैतडी। सुदूरपश्चिम प्रदेशमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।