• २०८३ बैशाख ३० गते बुधवार

ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, पोखरा । कास्कीको पोखरा महानगरपालिका १० बुद्धचोकमा गुडिरहेको ट्रकको पछाडि मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गुडिरहेको ना ५ ख १६ ५० नम्बरको ट्रकमा तीव्र गतिमा रहेको ग १६ प ५३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुदा पर्वतको पैयुँ गाउँपालिका ४ भोर्लेका मोटरसाइकल चालक अनिल गुरुङको मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि बस्ने पर्वतको महाशीला गाउँपालिका-३ का गौतम अधिकारी घाइते भएका छन । उनको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचाखर भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस