• २०८३ असार १८ गते बिहिवार

वैदेशिक रोजगार बीमा अनलाइनबाटै गर्न सकिने (सूचनासहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौँ। वैदेशिक रोजगारीमा जानको लागि अनिवार्य रुपमा गर्नैपर्ने वैदेशिक रोजगार म्यादी जीवनबीमा अब अनलाइनबाटै गर्न सकिने भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स र इसेवा तथा स्प्यारो पेको सहकार्यमा अनलाइनबाटै जीवनबीमा गर्ने व्यवस्था गरिएको हो ।

त्यस्तै, विदेश जानेले वैदेशिक रोजगार कल्याणकारी कोषमा अनिवार्य रुपमा जम्मा गर्नुपर्ने रकम समेत अनलाइनबाटै भुक्तानी गर्ने व्यवस्था मिलाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस