• २०८३ जेष्ठ १६ गते शनिवार

ईतिहासमै पहिलो पटक छायानाथ रारा नगरपालिकाले नगर आईडल गर्दै

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

माघ ११ मुगु । जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले पहिलो पटक ईतिहासमै प्रथम नगर आईडल सञ्चालन गर्न लागेको छ । स्थानीय कला , सस्कृति लाई सम्वद्र्धन प्रवद्र्धन गर्ने हेतुले नगर आईडल सञ्चालन गर्न लागेको हो । शनिवार एक कार्यक्रम बिच पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी गराईएको हो ।

पछिल्लो समय ग्रामिण क्षेत्रमा गाइने देउडा गितहरु हराउदै गएको हुदा आफ्नो कला सस्कृति लाई बचाई राख्न नगरपालिकाले नगर आइडलको आयोजना गरेको छायानाथ रारा नगरपालिकाले जानकारी गरायो । नगरपालिकाका अनुसार हाम्रा ग्रामिण क्षेत्रमा गाईने, डेउडा, मागल, चुट्किला, झोडा, बालो, चुम्फा लगायतका स्थानिय गितहरु पछिल्लो समय मुस्किलले सुन्न पाईने हुदा अब यस्तो नहोस भनेर जति बेला पनि अन्य गित नसुनेर यि गित सुनियोस भनेर प्रथम नगर आईडल गर्न लागेको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले बताए ।

उनका अनुसार प्रथम नगर आईडल यहि माघ महिनाको १५ गते बाट सुभारम्भ भई बैशाख महिनाको मेयर कप सम्म सञ्चालन हुने छ । शनिवार उक्त कार्यक्रमको उद्ध्घाटन गर्दै आईडल गर्दा के कस्ता विधि, निति नियम पालना गर्नु पर्छ भनेर प्रतिस्प्रधिहरुलाई प्रशिक्षण समेत दिइएको उनले बताए । नगर आइडलमा प्रतिस्पर्धाको लागि हालसम्म ४२ जनाले नाम दर्ता गराएका छन् । यस्मा प्रथम, दोश्रो र तेश्रो चरणमा गरि अन्तिमा ट्रयाक मार्फत गाएर जर्जले सो मुल्यांकन गरी अन्तिम नतिजा प्रकाशन गर्ने नगरपालिकाले जनाएको छ ।

साथै टप फाईममा पुगे पछि मोवाईल मेसेज मार्फत भोटिंग गराइ उक्त भोटको आधारमा नगर आइडल बिजेता गरिने छ । विशेष गरेर शुभ व्रतबन्ध विवाहमा गाईने, मागल, डेउडा, झोडा, बालो, चुम्फा लगायत गित गाउनु पर्नेछ । आईडलमा प्रथम हुने प्रतिस्प्रधिलाई नगद ३० हजार, दोश्रोलाई २० हजार, तेश्रोलाई १० हजार र सान्वतना लाई ५ हजारको नगद पुरस्कार रहेको छ । साथै प्रथम हुने लाई छायानाथ रारा नगरपालिकाले देउडा गित रेकडिंगको व्यवस्था गरि दिने जनाईएको छ ।

राज्यको उपक्षेमा कला सस्कृति
आईडलमा निर्णयाक तथा बाध्य बादनको भुमिकामा रहनु भएका महेस कुमार मल्लका अनुसार यहाको कला सस्कृति राज्यको उपेक्षमा रहेको बताए । कर्णाली र सुदुरपश्चिमका गाईने गित, कला सस्कृति लाई बचाई राख्न राज्य बाट कुनै पनि प्रयास नरहेको दुखेसो पोखे । राज्य बाट उपेक्षामा रहेता पनि स्थानीय सरकारले केही भए पनि पाईला सार्न लागेको छ । मल्लले भने पछिल्लो समय आधुनिकता शैलिमा गाईने गितहरु बजारमा आए पछि यि गितहरु हराउदै गएको पाईएको छ ।

बजारमा आधुनिक लगायत अन्य गितहरु बज्न थाले पनि यहाका कुनै पनि गितले स्थान नपाएको बताए । बजारका गितले गर्दा स्थानीय स्तरमा गाईने गितहरु ध्वस्त हुने सम्भावना रहेको पनि अवगत गराए ।

Sharing

प्रतिक्रिया दिनुहोस