• २०८३ बैशाख ८ गते मङ्गलवार

सम्पादकहरुसँग प्रचण्ड–माधव समूहको छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७ , काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)ले देशको पछिल्लो परिस्थितिबारे सम्पादकहरुसँग छलफल आयोजना गरेको छ । छलफल दरबारमार्गस्थित होटल याक एण्ड यतीमा जारी छ ।

छलफलमा अध्यक्षद्वय प्रचण्ड, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु सहभागी छन् ।

नेकपा नेताहरुले संसद विघटनपछिको राजनीतिक परिस्थिति, संसद विघटनविरुद्ध पार्टीले चालेको कदम र सम्पादकहरुको भूमिकाबारे छलफल आयोजना गरिएको जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस