• २०८३ असोज १४ गते बुधवार

राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको इन्द्रजात्रा पर्व समापन समारोहका अवसरमा वसन्तपुरस्थित कुमारी घर पुगेर जीवीत देवी कुमारीको दर्शन गरेका छन् ।

राष्ट्रपति पौडेलले श्री कुमारीका साथै श्री भैरव र श्री गणेशको दर्शन गर्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले जीवीत देवी कुमारीबाट टीका, फुल र प्रसाद ग्रहण गरे ।

राष्ट्रपति पौडेलले प्रथम महिला सबीता पौडेलसहित न्यूरोडस्थित जुद्ध शमशेरको सालिकदेखि कुमारी घरसम्म पैदल यात्रा गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस