• २०८३ मङ्सिर ४ गते बिहिवार

विद्युत सर्ट हुँदा जलेर एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६, काठमाडौं । विद्युत सर्ट भएर आगलागी हुँदा एक जना वृद्धको मृत्यु भएको छ । काठमाडौं कलंकीस्थित खड्का गाउँमा आगलागी बृद्धको आज विहान जलेर मृत्यु भएको हो ।

हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको विद्युत् सर्ट भएर आगलागी हुदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनसार शव वृद्धको आफ्नै घरको कोठामा जलेको अवस्थामा परेको हो । परिवारका सदस्यले जलेको गन्ध आएपछि मात्रै आगलागी भएको थाहा पाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस