• २०८३ बैशाख ५ गते शनिवार

उर्लाबारी आगलागीका १० घाइतेलाई काठमाडौं ल्याइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २८, काठमाडौं । उर्लाबारी आगलागीका १० जना आगोले पोलेका घाइतेलाई नेपाली सेनाले हवाई उद्धार गरेको छ । मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरी र २३ सर्वसाधारण समेत गरी २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो ।

कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौं ल्याइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस