माघ ५, तनहुँ । नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्र, आँबु प्रशासन शाखामा कार्यरत कर्मचारी (तह(४) कृष्ण आलेलाई रु. ५,०००।– (पाँच हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा .१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। उनले सेवाग्राहीको काम गरिदिए वापत गैरकानूनी रुपमा अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्र, आँबु प्रशाखामा कार्यरत उनले पोल तथा तारहरु मर्मत गरी दिएवापत नियमानुसार बुझाउनुपर्ने रकम बाहेकको अतिरिक्त रकम घुस माग गरी लिएको अवस्थामा बरामद भएको हुँदा उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले उनलाई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो ।