• २०८२ असार ५ गते बिहिवार

प्रधानाध्यापक ३० हजार घुस सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, दैलेख । दैलेख नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा।वि। नौमुलेका प्र.अ. नगेन्द्र बहादुर सिंहलाई रु. ३०,०००।– घुस सहित पक्राउ गरिएको छ ।

दैलेख नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्र.अ. सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर बस्नेतले विद्यालयका शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम उपलब्ध गराउने प्रयोजनका लागि पटक-पटक शिक्षकसँग घुस मागेका थिए । विशेष सूचनाको आधारमा सुर्खेतबाट खटिई गएको टोलीले रु. ३ ०,०००।– घुस लिइसकेको अवस्थामा प्र.अ सिंहलाई नौमुले गा.पा. वडा नं. १ स्थित NMB Bank नौमुले शाखाको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस