• २०८३ असार १२ गते शुक्रवार

कागेश्वरी वडा नं. ९ को कार्यालय सर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौं । विगतमा गोठाटार गाविस हुदा देखी सन्चालनमा आएको अहिलेको कागेश्वरी मनोहारा नगरपालिका वडा नं. ९ को कार्यालय भवन केहि समयको लागि सर्ने भएको छ । हाल कार्यलय रहेको भवन रेक्ट्रोफिट गर्नु पर्ने भएकोले काडाघारी खानेपानीको कार्यलयमा सारिन लागेको हो।

हाल रहेको कार्यालय साघुरो रहेकोले थप निर्माण तथा मर्मत गर्न लागिएको हो । नयाँ ठाउमा राखिने कार्यलयबाट माघ पाँच गतेदेखि सम्पुर्ण सेवा दिने वडा अध्यक्षद्वारा जारी सुचनामा जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस