पौष २७, भक्तपुर । भक्तपुरको एक निर्माणाधीन घरको पाँचौं तलाबाट ख’स्दा एक मजदुरको मृ’त्यु भएको छ। घरको पाँचौं तलाबाट खस्दा बर्दिबास घर भएका वर्ष ३५ को डम्बर मगरको मृ’त्यु भएको हो।
महानगरीय प्रहरी परिसर, भक्तपुरका डिएसपी दीपक गिरीलका अनुसार आइतबार पौने २ बजे भक्तपुर नगरपालिका-२ कालोपाटीस्थित एक निर्माणाधीन घरको पाँचौ तलाबाट ख’सेर उनको मृ’त्यु भएको हो । सुनिल थिमीको पाँचौं तलाको घरबाहिर इट्टाको गाह्रो लगाउने क्रममा खसेर उनको मृ’त्यु भएको हो। उनी हाल भक्तपुर सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्दै आएका थिए।
प्रहरीका अनुसार अचानक पाँचौं तलाबाट खुस्दा उनी गम्भिर घाइते भएका थिए। तत्कालै उनको उपचारको लागि डा.इवामुरा अस्पताल भक्तपुर पठाइएको थियो। उपचारको क्रममा उनको मृुत्यु भएको हो ।