पुष २३, काठमाडौं। मुलुकमा थप ४ सय १२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या १ सय ८२ र पुरुषको संख्या २ सय ३० छ ।
पछिल्लो २४ घण्टामा ५ हजार १ सय ३२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय १२ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६ सय ०६ पुगेको छ ।