• २०८३ असार १० गते बुधवार

दाहाल–नेपाल पक्षलाई ओलीको चुनौती, ‘दुई अंकको सिट ल्याएर देखाउनुहोस्’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १८, काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल पक्षलाई दुई अंकको सिट ल्याएर देखाउन नेकपालाई चुनौती दिनुभएको छ । आगामी वैशाख १७ र २७ गते बहुमत कता छ र कसले कसलाई पार्टीबाट निकालेको रहेछ हेरौँला भन्दै प्रधानमन्त्री ओलीले चुनौती दिनु भएको हो ।

आफूले आगामी निर्वाचनमा प्रत्यक्षमा नै १ सय ६५ सिट ल्याउने उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले पछिल्लो समय सडकमा लागेको नारा देखेर लाज लागेको बताउनुभएको छ। यस्तैगरी प्रतिनिधि सभा विघटनको कारण खुलाउँदै प्रधानमन्त्री ओलीले लोकतन्त्र खतरामा परेकाले नै प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस