• २०८३ बैशाख ३१ गते बिहिवार

दाङ पुगेर प्रचण्ड-माधवलाई पूर्वमन्त्री बस्नेतको उद्घोषः बाघको छालामा स्याललाई रजाँई गर्न दिँदैनौं

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

पौष १७, दाङ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले वर्तमान समयका नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल सक्कली नभई नक्कली भएको आक्रोस व्यक्त गर्नुभएको छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको समर्थनमा राष्ट्रिय युवा संघ नेपाल दाङको घोराहीमा विहिवार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले प्रचण्डले आफ्नो स्वार्थ पुरा गर्न जो सुकैलाई राष्ट्रपति, प्रधानमन्त्रीको सपना देखाई दिने र अन्त्यमा सवैलाई धोका दिने गरेको तर केपी ओलीले बोलेको कुरालाई व्यहारमा उतारेको दावी गर्नुभयो । धनुषाको मधेसी मुलको डा। रामवरण यादवलाई पहिलो राष्ट्रपति, विद्यादेवी भण्डारीलाई नेपाकै इतिहासमा सवैभन्दा उच्च पदमा महिलालाई पुर्याउन समेत ओलीले नै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको समेत स्मरण गराउनुभयो । महिलालाई अपमान गर्ने गिरोहहरुले राष्ट्रपतिलाई अनावश्यक कुराहरु गरि आरोप लगाईरहेकोमा आक्रोस व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओली कै कारण देशमा अस्थिरता निम्त्याउने जातीय राज्य बनाउने पुष्प कमल दाहाल प्रचण्डको योजना असफल भई संघिय लोकतन्त्रको स्थापना भएको उल्लेख गर्दै नेता बस्नेतले नेपाली जनताको हातमा शासन व्यवस्था ल्याउन नेतृत्व गर्ने राजनेता केपी ओली भएको तर्क प्रस्तुत गर्नुभयो ।

२०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा माधव नेपाल उपप्रधानमन्त्री हुनुभएको समयमा सरकारले लोकप्रीय योजनाहरु ल्याएकाले कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको स्मरण गराउँदै नेता बस्नेतले उक्त समयमा माधव नेपालकै विशेष जोडबलमा मनमोहले संसद विघटनको प्रस्ताव गरेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वनाथ उपाध्ययले उक्त प्रस्ताव खारेज गरेपछि माधवले नै युवाहरुलाई मसाल जुलुस निकाल भनि निर्देशन दिएको र युवाहरुले मसाल जुलुस निकाली आन्दोलनलाई चर्काएका थियौं । अहिले आएर संसद विघटनको विरुद्धमा माधव नेपालले नै केही युवाहरुलाई सडकमा आन्दोलन गर्न निर्देशन दिनुभएको छ । माधव नेपालले अब भन्न सक्नुपर्छ, कि २०५२ सालका माधव नेपाल नक्कली हो कि अहिलेको माधव नेपाल नक्कली हो । अदालतले गर्ने निर्णय पनि मान्दिन भन्ने माधव नेपाल नक्कली हो की हैन रु युवाहरुलाई संसद विघटनको विरुद्धमा सडकमा आन्दोलन गर्न पठाउने कुन नैतिकताले दियो । त्यसैले अहिलेको माधव नेपाल नक्कली हो । त्यती खेरको समयका नेता मनमोहन थिए भने अहिलेका उनका नेता प्रचण्ड छन् ।’

६४ प्रतिशत सांसदहरु केपी ओलीको समर्थनमा सरकार बनाएकोले संसदबाट अर्को सरकार बन्ने सम्भावना नभएकाले संसद विघटन गरिएको स्मरण गराउँदै नेता बस्नेतले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी संस्थापन तथा सिंह जस्तै भएको उल्लेख गर्दै प्रचण्ड – माधवले गरेको नेकपाको गुटलाई स्यालको संज्ञा समेत दिनुभयो ।

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी संस्थापन पक्ष भएको उल्लेख गर्दै नेता बस्नेतले तत्कालिन नेकपा एमाले सूर्य चिन्ह, पार्टी कार्यालय बल्खु तथा मदन भण्डारीको सालिकमा नक्कली गतिविधि नगर्न प्रचण्ड(माधवलाई आग्रह गर्नुभयो । नेता बस्नेतले बाघको छालामा स्याललाई रजाई गर्न चेतावनी दिनुभयो । त्यस्तै माधव – प्रचण्ड गुटका नेता डा। भिम रावलले एमालेको ३० लाख रकम चोरेको आरोप लगाउँदै नेता बस्नेतले डा। रावललाई कानुनी कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस