• २०८३ बैशाख ६ गते आइतवार

सम्पत्ति रोक्काको माग राख्दै बैंकलाई प्रचण्ड-नेपालको पत्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १५, काठमाडौं । प्रचण्ड-नेपाल समुहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाममा रहेको बैंक खाता रोक्का गरि पाउँ भनि बैंकहरूलाई पत्र लेखेको छ। प्रचण्ड-नेपाल समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालले बैंकहरुलाई पत्र लेखेर खाता रोक्का गरिदिन आग्रह गरेका हुन्।

दुई अध्यक्षले लेखेको पत्रमा नेकपामा उत्पन्न विवादका कारण उत्पन्न परिस्थितिका कारण अर्को निर्णय नहुदासम्म बैंक खाता बन्द गर्न भनिएको छ । नेकपा गठन भएपछि आर्थिक विभाग प्रमुखमा पूर्व माओवादीका हरिबोल गजुरेल थिए भने उपप्रमुखमा पूर्व एमालेका कृष्णगोपाल श्रेष्ठ थिए। विभागले आफ्नो काम सुरू नगरेकाले पार्टीको सम्पत्तिबारे पुर्ण विवरण कसैसँग पनि छैन । साबिकको दुवै पार्टीका सम्पत्ति एक ठाउँमा पार्ने काम पनि बाँकीनै थियो । यसैबिच नेकपा विवाद आएपछि रोक्का गर्न पत्र पठाइएको एक नेताले भने ।

नेकपा विभाजनसँगै नेकपाको सम्पत्तिलाई लिएर दुवै पक्षले आ-आफ्ना दाबी गरिरहेका छन्। प्रचण्ड-नेपाल पक्षले नेकपाको सम्पत्ति आफ्नो हुने दाबी गरेका छन् भने ओली पक्षीय नेकपाका नेताहरुले पूर्व एमालेको सम्पत्तिमा आँखा नलगाउन भनेका छन । आफूहरूलाई पेरिस डाँडाँ नचाहिने र धुम्बाराहीमा आउन नपाउने ओली पक्षको तर्क छ।

Sharing

प्रतिक्रिया दिनुहोस