• २०८३ बैशाख २३ गते बुधवार

संसद् अवरोध खोल्न एमाले सहमत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने भएको छ । उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको हो ।

तर, बैठकमा सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको मागमा सहमति भएन ।

गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरेर पुनः सदन अवरोध गर्ने एमाले सचेतक महेश बर्तौलाले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस