• २०८३ कार्तिक ९ गते आइतवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४७० जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४७० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९९, सिसिटिभिमार्फत ४०, रातोबत्तीमा ३७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११५, हर्न निषेधमा ९, लेन क्रसमा २ एकतर्फीमा ७ र अन्यमा १६१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस