• २०८३ जेष्ठ ८ गते शुक्रवार

तीन वर्षीय बालिका सात दिनपछि फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, तनहुँ। यही पुस ६ गतेदेखि हराइरहेकी तनहुँकी तीन वर्षीय बालिका सात दिनपछि फेला परेकी छन् । बुबा साउदी अरबमा कार्यरत रहेको अवस्थामा आमा सोनी थापा अर्कै पुरुषसँग गएपछि हराइरहेकी ती बालिका प्रहरीको सक्रियतमा फेला परेकी हुन् ।

जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी सोनी श्रीमान विदेश भएको मौका छोपी अर्का पुरुषसँग गएपछि तीन वर्षीय बालिका कीर्तिका बेखबर बन्दै आएकी थिइन् । मङ्सिर २८ गतेदेखि ती महिला हराएपछि देवर जीवन थापाले भाउजू हराएकाले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

ती महिला हराएको आठ दिनपछि पुनः तीन वर्षीय छोरी एकाएक हराएपछि घरपरिवारमा खैलाबैला भएपछि खोजीको लागि प्रहरी कहाँ पुगेको देवर जीवनले बताउनुभयो । ‘श्रीमान् विदेशमा श्रीमती परपुरुषसँग गएपछि बालिका बेखबर’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेपछि प्रहरीले खोजी कार्यलाई अझ तीव्रता दिँदै आएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस