• २०८३ बैशाख ९ गते बुधवार

घोराहीको कृत्रिम तालमा युवक वेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, दाङ । दाङको घोराही स्थित कृत्रिम तालमा डुबेर एक जना बेपत्ता भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ भकारेमा निर्माण गरिएको कृत्रिम तालमा पौडी खेल्न गएका सोही ठाउँका २२ वर्षीय गोपाल सुनार वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

सुनार चारजना साथीहरुसँग पौडी खेल्न गएका थिए । आईतबार दिउसो पौने ३ बजेतिर बेपता भएका उनको खोजी कार्य भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस