• २०८३ साउन ३० गते शनिवार

अमेरिकी एमसीसी सम्झौता नेपालको हितमा छ : ऊर्जामन्त्री रायमाझी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १२, काठमाडौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले अमेरिकी ‘एमसीसी’ सहयोग सम्झौता पारित गर्नुपर्ने बताएका छन् । आइतबार पदभार ग्रहण गर्दै मन्त्री रायमाझीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा एमसिसी नेपालको हितमा रहेको बताएका हुन् । उनले एमसीसी कार्यान्वयनमा सहयोग गर्न सबैलाइ आग्रह समेत गरे ।

उनले एमसिसी कार्यान्वयन हुँदा अमेरिकी सेना नेपाल भित्रिने भनी जुन प्रचार गरिएको छ, त्यसमा विश्वास गर्न नसकिने बताए । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने बरू सच्याउन सकिने उनको भनाइ थियो ।

पछिल्ला हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएको भन्दै उनले उनले एमसीसी बरू परिमार्जन गरेर भए पनि पास गर्नुपर्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस