पुष १२,एजेन्सी। इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलसँग चेल्सीले लज्जास्पद हार बेहोरेको छ । गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई ३-१ गोल अन्तरले पारजित गरेको हो ।
आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट्टी, ग्रानिट झाँका र बुकायो साकाले गोल गरे । ट्याम्मी अब्राहमको गोल सान्त्वना बन्यो । इमिरेट्स स्टेडियममा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली आर्सनलले खेलको ३४औं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो । रिस जेम्सले पेनाल्टी बक्समा टाएरनेलाई लडाएपछि प्राप्त पेनाल्टीमा लाकाजेट्टीले गोल गोल गरे । ४४औं मिनेटमा ग्रानिट झाँकाले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
५६औं मिनेटमा बुकायो साकाले गोल गरेपछि आर्सनल जिततर्फ अग्रसर बन्यो । उनले इमिल स्मिथ रोइको पासमा गोल गरेका थिए । ८५औं मिनेटमा ट्याम्मी अब्राहमले कलुम हड्सन ओडोइको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जर्गिन्होले पेनाल्टी चुकाउदा चेल्सीले गोलअन्तर घटाउन सकेन । पाब्लो मारीले मासन माउन्टलाई पलल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो । घरेलु टोलीले बल पोसेसनमा बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा हार बेहोर्न पुग्यो ।
यो जितसँगै आर्सनल १५ खेलबाट १७ अंक जोडेर १४औं स्थानमा उक्लदा चेल्सी १५ खेलबाट २५ अंक जोडेर सातौ स्थानमा रहेको छ । हारसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ ।